संविधान दिवसमा केपी ओलीको राष्ट्रिय झण्डासँग सेल्फी

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताएका छन् ।

बुधबार काठमाडौंमा पार्टीले आयोजना गरेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले देखावटी रुपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार देखाउनु नहुने बताए ।

ओलीले भने, ‘यो एउटा जाति विशेषको दिवस होइन, यो एउटा भुगोल विशेषको दिवस होइन । एउटा पेशा, व्यवसाय विशेषको दिवस होइन । यो दिवस सम्पूर्ण नेपाली जनताहरुको मेची-महाकाली र प्रवास जहाँ भएपनि नेपाली जनताको मुलुकको साझा दिवस हो । सिंगो राष्ट्रको राष्ट्रिय दिवस हो । देशभित्र हाम्रो राष्ट्रिय भावना, हाम्रा राष्ट्रिय आकंक्षाहरु, समृद्ध नेपाल, सुखी नेपालीका राष्ट्रिय आकंक्षाहरु यस दिवसले समेटेको छ ।’

यस दिवसले ती आकंक्षाहरुका अगाडि बढाउन चाहेको छ । ओलीले भने, ‘देश र जनताका लागि जनताले जारी गरेको संविधान बनेको छ । कहीँ कतै हाम्रा उपलब्धिहरुलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलापबाट यस्ता प्रयासहरु छिटपुट रुपमा हुने गरेका देखिन्छन् । त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु । राष्ट्रिय एकतालाई भंग गर्ने खालका जुनसुकै काम, विचारहरु सकारात्मक कुरा हुन सक्दैन ।’

ओलीले संविधान दिवस सरकारी दिवस नभइ सरकार र नेपाली जनताको दिवस भएको उल्लेख गरे । उनले संविधानको प्रभावकारी कार्यान्वनय गर्दै देशमा शान्ति सुव्यवस्था, सामाजिक न्याय समानता र राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने बताए । नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौं नक्शालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *