राजनीति सत्ता र शक्तिको साधन होइन: राष्ट्रपति पौडेल

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।

मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले गणेशमान सिंह सबैको सर्वमान्य नेताको रुपमा मानेको नेता भएको बताए ।

राष्ट्रपति पौडेलले, ‘गणेशमान सिंहलाई म सर्वमान्य नेताको रुपमा मान्छु । नेपालमा एउटा नेता गणेशमान सिंह हो । एक पटक सम्पूर्ण नेपालीले नेता माने । वामपन्थि र कांग्रेस नभनि सबैले मानेको नेता उहाँ नै हो । राजनीतिलाई सत्ता र शक्तिको साधन होइन । राष्ट्र निर्माणको लागि जीवन सर्मपण गर्ने आदर्श त्याग र निष्ठाको निस्काम कर्महरु भनेर प्रमाणित गर्ने गणेशमानको सन्देश हामीले वर्तमान र भावि पुस्तासम्म पुर्‍याउन सक्नुपर्छ ।’

उनले वाटिकाले गणेशमानको आर्दशपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्याउने बताए ।

वाँहाको साथ र समिप्यता मेरो राजनीतिक जीवनमा पनि पाए । उनले भने, ‘त्यसले मलाई सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको छ । लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन । जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्नसक्यौं भने मात्रै उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुनेछ । यस्ता महापुरुषको नाममा स्थापना गरिएको १ सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्थ जीवनशैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने मैले देखेको छु । नेपालमा आउने पर्यटकहरुलाई नेपाल जानै पर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्नुहोला ।’

राष्ट्रपति पौडेलले भक्तपुर बासीको लागि गणेशमान सिंहको प्रतिक र पार्क स्थापना गर्नु भाग्यको कुरा भएको बताए । उनले गणेशमान सिंह पार्कले भक्तपुरको भाग्य कोर्न मद्दत गर्ने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *