नेपालको संविधान कार्यान्वयनमा दलहरु चुकेकै हुन्: कांग्रेस नेता सिटौला

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले नेपालको संविधानको मुलमर्म कार्यान्वयनमा दलहरु चुकेको बताएका छन्।

मंगलबार एमालेले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले संविधान जारी भएयता दलहरुबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाई हुन गएको बताए ।

नेता सिटौलाले भने, ‘मुलुकलाई शान्ति प्रक्रियामा हामीले अन्तरिम संविधान बनाउनुपर्ने भयो । हामीले संविधान मस्यौदा समिति पनि बनायौं । तर डिबेटबाट मुक्त भएर सम्पूर्ण रुपमा समाधान गरेर बुझाउन सकेन । अन्ततः हामी दलका नेताहरु बसेर टुंगो लगायौं । र, अन्तरिम संविधान घोषणा गरिसकेपछि मात्रै माओवादीसँगको वार्ता सार्थक ढंगले अगाडि बढ्यो, उहाँहरु बिना निर्वाचन अन्तरिम संसदमा प्रवेश गर्नुभयो । पहिलो संविधान सभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा भयो ।’

यो सम्पूर्ण शिलशिला अगाडि बढ्ने क्रममा सुवाषचन्द्रजीको भुमिका सबैभन्दा संविधान ड्राफ्ट गर्ने बेलामा एउटा इस्यु भएको उनले बताए । संविधान निर्माणमा को-को नेताहरु बस्ने भन्ने विषयमा हाम्रो छलफल भएकै र विवाद समाधानमा सबै पार्टीका नेताहरु बस्नुनु पर्ने नत्र विवाद समाधान गर्न नसकिने उनको धारणा थियो।

सिटौलाले भने, ‘पहिलो संविधानसभाबाट जस्तो विषय पारित गरियो, त्यस्तो संविधान लेख्न पनि सकिन्न । संविधान ड्राफ्ट गर्ने बेलामा एउटा इस्यू थियो । अग्नी खरेलजी यही हुनुहुन्छ । न्यायपालिकालाई संसदमा अनुमोदन गर्नुपर्छ है भन्ने प्रस्ताव छ । अव हामी स्वतन्त्र न्यायपालिकाको काम गरेका मान्छे । कसरी संविधान लेख्ने हो ? अदालत स्वतन्त्र, निष्पक्ष, विश्वसनीय हुन्छ है भनेर भन्ने हामी । त्यसलाई संसदले अनुमोदन गर्छ है भने पछि अब कानूनले कसरी व्याख्या गर्छ ? हामीले बनाएको संविधान न्यायालयले कसरी व्याख्या गर्छ ? कानुन निर्माताको काम कानुन बनाउने, व्याख्याका त डेमोक्रेसीमा अदालतले गर्छ ।’

यस्तै उनले सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश, न्यायाधीशहरु राखेर तत्कालीन एमाले र माओवादीका नेताहरुसमेत राखेर छलफल भएको बताए। छलफलमा न्यायपालिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुन्छ भनेर निष्कर्षमा पुगेपछि त्यही आधारमा हामीले मस्यौदा समितिमा संविधानको रचना गरिएको र त्यसमा सुवाष नेम्वाङजीको अत्यन्त महत्वपूर्ण भुमिका रहेको उनले बताए ।

नेता सिटौलाले नेम्वाङको संयोजनकारी, समन्वयकारी भुमिका संविधान कार्यान्वयनमा पनि आवश्यक हुँदाहुँदै उनको निधन हुनु मुलुकका लागि अपूरणीय क्षति भएको बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *