तीजमा भड्किलोपन र खर्चिलोपन गर्नु हुँदैन : राष्ट्रपति पौडेल

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिपति रामचन्द्र पौडेलले हरितालिका तीज पर्वको शुभकामना दिएका छन्।

उनले नेपाली महिलाहरूले मनाउने यो पर्व सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने गरेको र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बताएका छन् ।

उनले नेपाली महिलाहरूको महान् चाड तीजको सुखद् अवसरमा सबै नेपाली दिदिबहिनीहरुमा  सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन्।

राष्ट्रपति पौडेलले तीजले नेपाली महिलाहरूलाई समाजमा विद्यमान लैङ्गिक विभेद¸ जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुन आग्रह गरेका छन् ।

समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्भाव कायम गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निभाएको उल्लेख गर्दै उनले परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा यो चाड मनाउँदै आइरहेको आफूले महसुस गरेको उनले बताएका छन् ।

साथै उनले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको बताएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *