विराटनगरमा असोज १ गतेदेखि २ महिनासम्म विरोध, जुलुस र धर्ना गर्न नपाइने

No ads found for this position
No ads found for this position

मोरङ- जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकाका केही स्थानमा विरोध, जुलुस एवं धर्ना जस्ता कार्यक्रम  रोक्नका लागि असोज १ गतेदेखि आगामी दुई महिनासम्म बिहान ६ बजेदेखि लागु हुने गरी निषेधित क्षेत्र तोकेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित आज जारी गरिएको सूचनामा जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार नगरमा शान्ति सुरक्षा कायम राख्न एवं सुरक्षा जोखिमलाई ध्यानमा राखी सो निर्णय गरेको जनाइएको छ ।

यसरी निषेधित क्षेत्र कायम गरिएका स्थानहरूमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोक, मुख्यमन्त्री निवास वरिपरि तीन सय मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि तीन सय मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ डाँफे चोकदेखि पूर्व रहेका छन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) बमोजिम ती क्षेत्र निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी गराइएको छ । निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत रोक नभएको सूचनामा उल्लेख गरिएको छ ।-रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *