राजनीतिमा आफू सक्रिय रहँदारहँदै कार्यभार अरूलाई सुम्पिन्छु : केपी ओली

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अझै २० वर्ष सक्रिय रहने बताएका छन् । ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पारेका छन् ।

शनिबार भक्तपुरमा आयोजित विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताए ।

ओलीले भने, ‘अब २० वर्षसम्म मेरो अवसेन्स हुँदैहुँदैन । पहिले म अलि बिरामी थिएँ । मैले धेरै पटक अपरेशन गर्नुपर्‍यो । २ पटक किड्नी ट्रान्सप्लान्ट गर्नुपर्‍यो । अहिले मैले ट्रान्सप्लान्ट गरेको किड्नीले धेरै राम्ररी काम गरिराखेको छ । कुनै प्रकारको समस्या छैन ।’

ओलीले अहिले पनि आफ्नो बुबा लगभाग म जत्तिकै तगडा रहेको बताए । उनले मेरो बुबा म जतिनै तगडा हुनुहुन्छ भने, अहिले पनि २/४ किलोमिटर मेरो बुबानै हिँड्नुहुन्छ भने मेरो बुबाले लौरो टेक्नुहुन्न अहिले पनि त्यसैले २० वर्ष त सक्रिय रहने बताए ।

ओलीले २० वर्ष सक्रिय रहेपनि २० वर्षै देश र पार्टीको नेतृत्व नगर्ने बताए । उनले भने, ‘नेतृत्व गर्नेहरुलाई सहयोग गर्छु सक्रिय रहेर । एउटा के प्रचलन छ भने मान्छे बाँचुन्जेलसम्म पद छोड्न नखोज्ने, पदमै टाँसिन खोज्ने, आवश्यक्ता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस् । बोल्न सकोस कि नसकोस् । तर पनि पदमा बसिरहन चाहने । त्यो प्रवृत्ति छ । त्यो प्रवृत्तिलाई चाहीँ मैले सचेतनतापूर्वक तोड्न चाहन्छु । आफू सक्रिय रहँदारहँदै कार्यभार अरुलाई सुम्पिएर सहयोग गर्ने छु देश चलाउनका लागि ।’

अध्यक्ष ओलीले आफूले नेपालबिरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकिरहेको उल्लेख गर्दै नयाँ पुस्ताले त्यसलाई पराजित गरेर अघि बढ्नुपर्ने बताए । उनले आफूलाई देश र जनताप्रति माया गर्ने इमान्दार राजनीतिकर्मीको रुपमा बुझिदिन पनि आग्रह गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *