बिपी मान्छे भन्दा माथिको मान्छे भनेर हामीले गलत बुझिरहेका छौं: महामन्त्री थापा

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिपी कोईरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताएका छन् । शनिबार बिपी कोईरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बिपीलाई महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको बताए ।

उनले भने, ‘महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरु खोज्नुपर्छ । महामानव भनेर बिपीको विचारमा छलफल नै गर्न नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय हो । बिपी मान्छे हो, मान्छे भित्रका कुरा हामीले बुझ्नुपर्छ । बिपीले म मान्छे हुँ भनिरहनुभएको छ । मलाई मान्छे जसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ ।’

मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छे भन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छौं, त्यो अन्याय हो भएको महामन्त्री थापाले बताए । उनले त्यो अन्याय गरेको कुराबाट हामीले बाहिर निकाल्नुपर्ने र यसको प्रयास यसपटक नेपाली कांग्रेसको प्राङ्गणमा बिपी महोत्त्सव भनेर छलफल गरेको बताए।

महामन्त्री थापाले सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री भएपनि नैतिक शक्ति र नेता छ की छैन भन्ने प्रश्न खडा भएको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *