प्रधानमन्त्रीको अमेरिका भ्रमण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा केन्द्रित हुनेछ : माओवादी

No ads found for this position
No ads found for this position

काठमाडौं- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको बताएको छ ।

शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कुरामा विदेशी निकायहरुको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताए ।

सापकोटाले भने, ‘भ्रमणमा प्रधानमन्त्रीले मुख्यकुरा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया भनेको यो नेपालको मौलिक चार चोटिसम्म निर्वाचन भइसकेपछि एक प्रकारले भन्यो भने कानूनले निश्चित गर्न मात्रै बाँकी हो की त्यो शान्ति प्रक्रिया त सफल भइसक्यो । शान्ति प्रक्रिया शुरु भइसकेपछि चार वटा निर्वाचन भइसके । यो धेरै ठूलो सफलता हो ।’

यति ठूलो सफलता सँगै सेना समायोजन भइसक्यो, अरु काम भइसके, तर पनि यसलाई निस्कर्षमा पुर्‍याएर एक प्रकारले घोषणा गर्न बाँकी रहेको र यसलाई निस्कर्षमा पुर्‍याउन मुख्य राष्ट्रिय परिस्थिति नै अनुकुल बनाउनु पर्ने उनले बताए ।

सापकोटाले भने, ‘शान्ति प्रक्रिया निस्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको धेरै महत्वपूर्ण भुमिका हुन्छ । यस कारण प्रधानमन्त्रीले यहाँ गर्नुपर्ने कामको प्रतिवद्धता जनाउनु हुनेछ, दोस्रो विश्व समुदायलाई हामीले मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौं भनेर विश्व समुदायलाई अपिल गर्नुहुनेछ । यसको निस्कर्षमा पुर्‍याउन र टुंगोमा पुग्यो भनेर घोषणा गर्नका लागि तपाईंहरुको सहयोग चाहिन्छ भनेर अपिल गर्नुहुनेछ । शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनु त साझा समस्या, राष्ट्रिय समस्या हो नि । कुनै पार्टी र सरकार विशेषको, नेता विशेषको होइन ।’

शाीन्त प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निस्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय रुपमा कमजोरी हो । त्यसैले यसलाई हर हालतमा टुंग्याउनु पर्छ भनेर यसलाई १ नम्बरमा राखेरका छौं। प्रधानमन्त्रीज्युले सबैभन्दा धेरै समय यसमै खर्च गर्नुभएको छ । खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर जाने कोशिष भइरहको छ । शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउनु आजको आवश्यकता रहेको उनले बताए।

माओवादी सरकारले थालेका भ्रष्टाचारबिरुद्धका, मिटरब्याजीलाई कारबाही गर्ने, सुन प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणका विषयहरु टुंगोमा पुर्‍याउन दबाब दिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *