नेकपा एसकी केन्द्रीय सदस्य मल्ल एमाले फर्किंदै

No ads found for this position
No ads found for this position

सुर्खेत- नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य सावित्री मल्ल नेकपा एमालेमा फर्कन लागेकी छिन् ।

नारायण नगरपालिकाको उपप्रमुख भएको समयमा नेकपा एस रोजेकी नेतृ मल्ल असोज १० गते सुर्खेतमा आयोजना हुने एमाले प्रथम प्रदेश अधिवेशनमा केपी ओलीको उपस्थितिमा एमाले फर्कन लागेकी हुन् ।

उनले आज सामाजिक सञ्जालमा नेकपा एस त्याग गरेको पोस्ट समेत गरेकी छिन् ।

‘राजनीति मा थकाइ भन्ने शब्द हुदैन तर आजका मिति देखि नेकपा (एकिकृत समाजबादी) पार्टी को सकृय राजनीति बाट विश्राम लिने निर्णय गरियो ।’ उनले फेसबुकमा लेखेकि छिन् ।

पछिल्लो समय नेकपा एसमा लागेका नेता कार्यकर्ताहरु एमालेमा फर्कने क्रममा तीव्रता आएको छ । केहि दिन अघि मात्रै नेकपा एस सुर्खेतका अध्यक्ष मोहन बडुवालसहितको टिम पनि एमालेमै फर्किएको थियो । यद्यपी, उनलाई यसबारेमा कुराकानी गर्न खोज्दा उनले फोन उठाउन चाहिनन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *