कर्मचारी छनोटमा बेतिथी- सहीद अस्पताललाई जिप्रकाले माग्यो सत्यतथ्य विवरण

No ads found for this position
No ads found for this position

काठाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा कर्मचारी भर्ना तथा छनोटमा विवाद देखिएको जनाएको छ ।

सार्वजनिक सूचना प्रकाश गरेर कर्मचारी माग गरेपनि छनोटको क्रममा अस्पताल व्यवस्थापनले नातावाद र कृपावादालाई आधार मानेको भन्दै पिडीतले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएको छन् ।

सोही उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्मचारी भर्ना प्रक्रिया सम्बन्धि विवरण उपलब्ध गराउन अस्पताल व्यवस्थापनलाई सात दिने पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शेरबहादुर थापाद्धारा हस्ताक्षर गरेर बुधबार पठाएको उक्त पत्रमा कर्मचरी भर्नाको क्रममा अपनाइएको प्रक्रियाका सम्बन्धमा पछिसम्म फरक नपर्ने सत्यतथ्य विवरण पठाउन भनिएको छ ।

अस्पतालले भदौ सात गते मेडिकल डाक्टर, स्टाफ नर्स, प्रशासन अधिकृत , रिसेप्सन कर्मचारी र सीएमए पदको लागि बिज्ञापन गरेको थियो । तर कर्मचारी पदपूर्तिको लागि अस्पताल व्यवस्थापनले आफू निकटका व्यक्तिलाई प्रश्नपत्र निकाल्न लगाएको, उत्तरपुस्तिका परीक्षणमा समेत आफनै मानिस राखेर नम्बर दिनेगरेको भन्दै विष्णु अधिकारी लगायत पिडीतहरुको नाममा जिप्रकामा निवेदन दिएका थिए ।

यस विषयमा जानकारी लिन अस्पताल प्रशासनसँग पटक-पटक प्रयास गरेपनि सम्पर्क हुन सकेन । यो अस्पताल २०६४ सालमा स्थापना भएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *