एमाले प्रथम प्रदेश अधिवेशन- ६ सय प्रतिनिधि सहभागी हुने, कुन पालिकाबाट कति ? (सूचिसहित)

No ads found for this position
No ads found for this position

सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेशको असोज १० गते उद्घाटन हुने प्रथम प्रदेश अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि सुर्खेतबाट छानिने भएका छन् । कर्णाली प्रदेशका १० ओटा जिल्लाबाट कुल ६ सय जना प्रतिनिधि छानिएर आउन लाग्दा सुर्खेतबाट मात्रै १ सय १२ जना प्रतिनिधि छानिएर आउन लागेका हुन् ।

सुर्खेतबाट खुल्लातर्फ ३० महिला, ५६ पुरुष छानिँदा दलिततर्फ ९ महिला र १८ पुरुष गरी १ सय १२ जना छानिने भएको प्रदेश पार्टी सचिव टेकराज पछाँईले जानकारी दिए । सुर्खेतमा ८ हजार ५ सय ५५ जना संगठित सदस्य रहेको र सोही आधारमा ती प्रतिनिधि छानिने भएका हुन् ।

सुर्खेतपछि जाजरकोटबाट प्रतिनिधि छानिने छन् ।

जाजरकोटबाट ७५ जना प्रतिनिधि चयन भएर आउन लागेका हुन । जाजरकोटमा ५ हजार ३ सय ७६ जना संगठित सदस्य रहेको एमाले तथ्याङ्कमा उल्लेख भएअनुसार खुल्लाबाट महिला १८, पुरुष ३८ एवम् दलिततर्फबाट ६ महिला र १३ पुरुष प्रतिनिधि छानिएर आउन लागेका हुन् ।

यस्तै, दैलेखबाट खुल्लातर्फ २० महिला तथा ३९ पुरुष छानिनेछन् । दलिततर्फ पाँच महिला र ८ पुरुष गरी ७२ जना छानिनेछन् । दैलेखमा एमालेका संगठित सदस्यसंख्या ५ हजार ७ सय १ रहेको छ ।

सबैभन्दा कम प्रतिनिधि रुकुम पश्चिमबाट छानिनेछन् ।

कुल १ हजार ७ सय ८५ जना संगठित सदस्य रहेको यो जिल्लाबाट ६ महिला र १२ पुरुष खुल्लाबाट आउनेछन् भने २ महिला र ३ पुरुष दलिततर्फबाट आउनेछन् ।

मुगुमा एमालेका २ हजार ४ सय ७८ जना मात्रै संगठित सदस्य रहेका छन् । यो संख्याको आधारमा जिल्लाबाट खुल्ला महिलातर्फ ८, पुरुषतर्फ १७ जना छानिँदा दलिततर्फ २ महिला र ६ पुरुष गरी जम्मा ३२ जना प्रतिनिधि छानिनेछन् ।

हुम्लाबाट ४८ जना प्रतिनिधि छानिएर आउने भएका छन् । ४ हजार १ सय ९२ जना संगठित सदस्य रहेको हुम्लामा १३ महिला २९ पुरुष खुल्लातर्फबाट आउनेछन् भने दलिततर्फबाट दुई महिला र ४ पुरुष गरी कुल ४८ जना छानिएर आउने भएका हुन् ।

कालिकोटबाट ६५ जना प्रतिनिधि छानिएर आउने भएका छन् । जसमा १६ महिला, ३३ पुरुष खुल्लाबाट आउनेछन् भने दलिततर्फबाट ५ महिला र १० पुरुष गरी कुल ६५ जना छानिएर आउनेछन् । यहाँ ४ हजार ९ सय ७८ जना संगठित सदस्य रहेका छन् ।

३ हजार ८ सय ६६ संगठित सदस्य संख्या रहेको जुम्ला जिल्लाबाट ४६ जना छानिएर आउने भएका हुन् । सचिव पछाईका अनुसार १३ महिला, २५ पुरुष खुल्लाबाट छानिँदा दलिततर्फबाट २ महिला र ६ पुरुष गरी ४६ जना छानिनेछन् ।

३ हजार ४ सय ३४ जना संगठित सदस्य रहेको डोल्पाबाट ३९ जना प्रतिनिधि आउन लागेका छन् । प्रदेश अधिवेशनकालागि ११ महिला, २३ पुरुष खुल्लाबाट र ३ पुरुष, २ महिला दलिततर्फबाट आउन लागेका हुन्।

सल्यानबाट ३८ जना सहभागी हुने भएका छन् । २ हजार ९ सय ७८ जना संगठित सदस्य रहेको यो जिल्लाबाट महिलातर्फ ८, पुरुषतर्फ २२ र दलिततर्फ महिला २ र पुरुष ६ जना गरी ३८ जना प्रतिनिधि छानिएर आउने भएका हुन् ।

‘हामी भदौ ३० गते सबै पालिकाबाट एकैसाथ यी प्रतिनिधिहरू चयन गर्नेछौं ।’ प्रतिनिधि छनौटको तयारीबारे सचिव पछाई भन्छन्, ‘त्यसपछि उहाँहरू यहाँ आउनुहुन्छ ।’ उनले नेतृत्व चयन सकेसम्म सर्वसम्मत नै चयन हुने दाबी गरे । ‘सकेसम्म हामी नेतृत्व चयन सर्वसम्मत रूपमा नै गर्छौं ।’ उनले भने ।

हेर्नुहोस्, कुन पालिकाबाट कति प्रतिनिधि आउँछन् ?



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *