वीरगन्जको बाल सुधार गृहमा झडप, प्रहरी सहित दर्जनभन्दा बढी घाइते

काठमाडौं- पर्साको वीरगन्जस्थित बाल सुधार गृहमा झडप भएको छ । झडपमा परि दर्जनभन्दा बढी घाइते भएका छन्।
सुधार गृहभित्रमा रहेका बालबालिकाबीच विवाद हुँदा झडप भएको हो। यसक्रममा घाइते भएकाहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि नारायणी अस्पताल पुर्याएको छ।
त्यसअघि सुधार गृहभित्र रहेकाहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। उनीहरुले प्रहार गरेको ढुङगाले लागेर तीन जना प्रहरी पनि घाइते भएका छन्।
प्रतिक्रिया