सुवास नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्रीसहित शीर्ष नेताहरू च्यासलमा (फोटोफिचर)

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रिय कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

श्रद्धाञ्जलि दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि च्यासल पुगेकि थिइन् । नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालय पुगेकी पूर्वराष्ट्रपति भण्डारी भावविव्हल बनेकी उनले आँफूलाइ सम्हाल्न नसकेपछि आँशु पुछिरहेकी थिइन् ।

यस्तै नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगर, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापालगायत च्यासल पुगेका थिए ।

तस्बिरहरु- रासस ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *