नेम्वाङको निधनले मर्माहत र स्तब्ध भएको छु: राष्ट्रपति पौडेल

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो । नेम्वाङ राति राति १ बजे घरभित्र शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि उनलाइ त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेर उनको निधन भएको घोषणा गरेका थिए । नेम्वाङको पार्थिव शरीरलाई आज पार्टी कार्यालयमा राखिने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *