टिकटकमा गाली गर्ने दलालहरू, जसको चरित्र गुण्डाको भन्दा फरक छैन : प्रधानमन्त्री प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल हेर्नै नसकिने भएको बताएका छन्।

सोमबार कोसी प्रदेशको राजधानी विराटनगरमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले टिकटक त यसो हेर्न खोज्छु तर हेर्नै नसक्ने बताए ।

उनले भने, जिन्दगी भर राजनीति, लोकतन्त्र र क्रान्तिमा लागेका पार्टीहरू रक्षात्मक जस्तो, अनि हिजोआज त्यसै हावाहुरीमा जन्मिएका हावाहुरीहरूले गाली गरेको भरमा पार्टी हुने ।’

उनले यो विडम्बना र सोसल मिडियामा, अझ टिकटकमा कतिपय कुरा हेर्नै नसकिने बताए। उनले भने, ‘कहिलेकाहीँ टिकटक यसो हेर्न खोज्छु हेर्नै सक्दिन । त्यहाँ प्रयोग भएको भाषा सुन्दा यस्तो बोल्ने कल्चर हो त नेपाली समाजको, होइन जस्तो लाग्छ । तपाईंहरुले पनि बेला-बेलामा हेर्नु भएको होला नि, चित्रहरू हुन्छन् हेर्नै नसकिने । एक्लै कोठामा बसेर हेर्दा पनि लाजमर्दो ।’

यस्ता प्रचार गर्नेहरू चाहिँ राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरू रक्षात्मक, अलिकति डराए जस्तो देखिएको उनले बताए । उनले भने, ‘नाम त के लिनु र मैले । निरंकुशताका दलालहरू…, जसको चरित्र गुण्डाको भन्दा फरक छैन ।’

उनीहरूमध्येकै एकले नेपाली कांग्रेसको सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको प्रधानमन्त्रीले बताए । ‘भनेपछि उनीहरुको मनोबल कस्तो रहेछ, तपाईं हामी चाहिँ बडो रक्षात्मक’ उनले भने, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *