श्रम-गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई प्रधानमन्त्रीले किन बोलाए काठमाडौं ?

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरुलाई काठमाडौं बोलाएका छन् ।

वैदेशिक रोजगारी सुरक्षित बनाउने र मानव तस्करी रोक्नेबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौंमा बोलाएका हुन्।

प्रधानमन्त्रीले विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई सहभागी गराई दुई दिवसीय बैठक आयोजना गर्न लागेका हुन्। बैठक आगामी मंगलबार र बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा चल्नेछ।

प्रधानमन्त्रीको पहलमा यसप्रकारको बैठक पहिलोपटक हुन लागेको हो। प्रधानमन्त्रीकै अध्यक्षतामा हुने बैठकमा श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भूमिकाका विषयमा छलफल हुने छ।

वैदेशिक रोजगारमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानका उपाय पहिचान गरी तिनलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ। यस्तै बैठकमा मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ। बैठकमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहनेछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *