नेकपा (एस)को सबैभन्दा ठूलो समस्या एमाले र केपी ओली हुन् : माधव नेपाल

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारीले सारेका विचार पुरानो नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले जबजको विचार अहिलेपनि समय सान्दर्भिक रहेको बताए।

नेपालले भने,‘लागेपछि जितिन्छ। मेहनत गरेपछि परिणाम प्राप्त हुन्छ। प्रतिस्पर्धाको राजनीतिलाई जवजले अगाडि बढाएको छ। जनवादी क्रान्तिको फेज सकिएकाले अब समाजवादी क्रान्तिको फेजमा हामी पुगिसकेका छौं। यहाँ पनि प्रतिस्पर्धा हुन्छ।’

उनले झलनाथ खनाललाई लक्षित गर्दै नेपालले एकीकृत समाजवादी अगाडि नबढ्नुमा कांग्रेस अहिले समस्यामा नभएको र एमाले समस्या भएको बताए।

उनले भने, ‘पार्टी अगाडि नबढ्नुमा सबैभन्दा ठूलो समस्या एमाले र केपी ओली हुन्। ओलीको प्रवृत्ति नपन्छाएसम्म संगठन र राजनीति अगाडि बढ्न सक्दैन।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *