संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्छौंः उपाध्यक्ष कटवाल

No ads found for this position
No ads found for this position

काठमाडौं- निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटवालले संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शुक्रबार सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ऐनमा ट्रेड युनियन अधिकारलाई खुम्च्याउने प्रयास भएको कुरा सुनिएको भन्दै आफूहरुको अधिकार छाँटकाँट गर्नेकुरा किमार्थ स्वीकार्य नहुने उनले बताए ।

कटवालले भने, ‘संघ, प्रदेश, स्थानीय तीन तहमै फराकिलो वृद्धि विकास सहितको कर्मचारीमैत्री संघीय निजामति ऐन आओस् भन्ने प्रधानमन्त्री, सामान्य प्रशासनमन्त्री र मुख्यसचिवज्युसँग आग्रह गर्दछु । २०७५ सालमा समायोजन बिग्रिएको थियो, समायोजन कर्मचारीको पक्षमा भएको थिएन, एक पटकलाई संघ, प्रदेश, स्थानीय तीन तहमै समायोजन रोज्न सबै कर्मचारीलाई दिनुपर्छ । र समायोजन रिभ्यु हुनुपर्छ ।’

बन्ध हड्ताल सहितको ट्रेड युनियन अधिकार हामीले प्राप्त गरेका छौँ, यो अधिकार जस्ताको त्यस्तै रहनुपर्ने कटवाको धारणा थियो। अहिले संघ, प्रदेश, स्थानीय तीन तहकै श्रेणिबिहीन कर्मचारीको व्यवस्था र खरिदारबाट हुने व्यवस्थालाई यथावत राखि नासुबाट अधिकृत हुने व्यवस्थालाई ५० प्रतिशत राख्नुर्ने उनले बताए ।

कटवालले भने, ‘यो ट्रेड युनियन सञ्जालको कुरालाई म प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण मञ्चमा आसिन अग्रजहरुलाई सामान्य प्रशासनमन्त्री र मुख्यसचिवज्युको गम्भीर ध्यानाकर्षण गराउँछु । राज्यले अहिले संघीय निजामति ऐन आज दर्ता हुने कुरा छ । ऐनमा कताकता ट्रेड युनियन अधिकारलाई खुम्च्याउने कुरा सुनिँदै छ । यस्ता विषय नहोस् । छाँटकाँट भएको कुरा सुनिन्छ, यो कुरा ट्रेड युनियनलाई किमार्थ स्वीकार्य हुँदैन ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *