कोशीका मुख्यमन्त्री थापा पदमुक्त, हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न परमादेश

काठमाडौं । ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले हिक्मत कार्कीको रिटमाथि सुनुवाई गर्दै उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत रहेको ठहर गरेको छ।

सर्वोच्च अदालतले ४८ घण्टाभित्र ठूलो दलको नेताको नेतृत्वमा मन्त्रिपरिषद गठन गर्न आदेश दिएको हो ।

संविधानको धारा १ सय ६८ उपधारा २ बमोजिम थापाले लिएको विश्वासको मत असंवैधानिक भएकाले उपधारा ३ बमोजिम कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न अदालतले आदेश जरि गरेको हो ।

कार्कीले १ महिनाभित्र विश्वासको मत लिन नसके उपधारा ५ बमोजिम बहुमत सदस्यको समर्थन प्राप्त व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न अदालतको फैसलामा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *