सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही होस् : कांग्रेस

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसले पुर्बमन्त्री तथा पार्टीका सहमहामन्त्री
महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको भर्त्सना गरेको छ ।

घटनापछि कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको कांग्रेसले घोर निन्दा र भर्त्सना गर्दछ ।’

कांग्रेसले यादवमाथि आक्रमण गर्ने व्यक्ति वा समूह माथि अनुसन्धान गरि कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

यादवलाई खुकुरी प्रहार गर्ने नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भई हाल बालाजुको पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *