एमाले र एसमा जान सक्छु तर प्रचण्डले माफी नमागेसम्म माओवादीमा जान्न: वामदेव

No ads found for this position
No ads found for this position

काठमाडौं- पूर्व गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आँफू नेकपा एमाले र नेकपा एकीकृत समजवादी (नेकपा एस) पार्टीमा जानसक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताएका हुन्। उनले जनयुद्ध कालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री दाहालले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे ।

राजनीतिक व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभइ गल्ती भएको उनको जिकिर छ । नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे । उनले उमेर हद संविधानको धारा २४ को बिरुद्धमा रहेकोले हट्नैपर्ने बताए।

गौतमले भने, ‘जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई मार्क्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले पीडितका घरघरमा गएर आँफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन । संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जानसक्छौँ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *