आजबाट एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने कामको थालनी भयो : झलनाथ खनाल

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने बताएका छन्।

नेपाल आदिवासी जनजाती महासंघ(समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा(एमाले)भित्र बिस्फोट र बिद्रोह हुने बताएका हुन्।

उनले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने बताए । एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाटै बिद्रोह हुने उनले बताए ।

खनालले भने, ‘आज यही मञ्चबाट तपाईं हामीले एमाले छोडेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)मा आज हामीले प्रवेश गराएका छौं। यो के कुराको थालनी हो भन्दाखेरी अब एमालेभित्र पहिरो जादैछ । र हामीले सही बाटो लिएर अगाडी बढ्यौँ भने हाम्रो पार्टी केही वर्षभित्रमा एउटा राष्ट्रव्यापी पार्टी बन्नसक्छ ।’

खनालले उपत्यकाभित्र एउटा पहिरो जानुर्ने बताए । उनले भने, ‘देशव्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ । अब जबजबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ । र एमालेले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुनुपर्छ । यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ । बिस्फोट हुनसक्छ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *