देउवाको तर्फबाट सभापति म बन्न सक्छु : शशाङ्क कोइराला

No ads found for this position
No ads found for this position

चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्ने घोषणा गरेका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले यस विषयमा टुङ्गो नलागिसके तर पार्टीका साथीहरुसँग सल्लाह गरेर सभापतिको उम्मेदवारी दिने बताए।

आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपार्इं हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले सम्भावना छ- किन छैन ? नहुने भन्ने के छ ?’ भनेर जवाफ फर्काएका थिए।

कोइरालाले भने ‘सभापतिजीले केही नभने पनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्मका साथीहरुसँग भेटघाट गरौं, उहाँहरुले के भन्नुहुन्छ, अनि सभापतिको उम्मेदवारको निर्णय गर्छु ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *