कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी हान्ने श्यामबाबु सापकोटा पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ।

खुकुरी प्रहार गर्ने व्यक्ति नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा लाई प्रहरीले पक्राउ गरेको छ ।

खुकुरी प्रहार गर्ने सापकोटाले आफूलाई सामाजिक अभियन्ता भन्ने गर्छन् । एमसीसीको मतियार भन्दै कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सापकोटाले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहार गर्नुअघि रिपोर्टर्स क्लवको कार्यक्रममा उनी यादवकै भाषण सुन्दै थिए ।

कांग्रेस नेता यादवलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ । यादव रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि सापकोटाले खुकुरी प्रहार गरेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *