समाजवादी मोर्चाले ३ प्रदेशमा प्रादेशिक सभा गर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- समाजवादी मोर्चा नेपालले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्ने भएको छ ।

मोर्चाले यही भदौ २४ गते बागमती, भदौ २५ गते कोशी र भदौ २६ गते सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरेको छ । मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ ।

बागमतीको हेटौँडामा र सुदूरपश्चिमको धनगढीमा हुने सभाको संयोजन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गर्ने छ ।

कोशीको विराटनगरमा गरिने कार्यक्रमको संयोजन जनता समाजवादी पार्टीले गर्ने तालिका छ । मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *