प्रधानमन्त्री र मेयर बालेनको अराजक बोल्ने शैलीले देश चल्दैन : शेखर कोईराला

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका छन्।

प्रधानमन्त्रीले यस्तो अराजक किसिमले बोल्न नहुने कोईरालाको भनाई थियो । नेपाल निजामति कर्मचारी युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोईरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए । उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई पार्टीले गम्भिरतापूर्वक लिनुपर्ने बताए ।

कोईरालाले भने, ‘देश अराजकतातिर बढ्न गएको भन्ने जुन काठमाडौंका मेयरले जुन बोल्नुभयो । एउटा देशको सबैभन्दा ठूलो महानगरको मेयरले, त्यो अराजक किसिमले बोल्नु हुँदैन । देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौं भनेर भन्न मिल्दैन । यसरी देश चल्दैन । यो कुराहरुलाई गम्भिर रुपले पार्टीले र कर्मचारीहरुले लिनुपर्छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *