हत्या अभियोगमा स्वतन्त्र सांसद यादव पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन । हत्या अभियोगमा दोषी ठहरिएका यादवलाई सप्तरी प्रहरीले राजविराजबाट पक्राउ गरेरको हो ।

यादवलाई प्रहरीले अदालतमा बुझाएको छ । यादव सप्तरी प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।

माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *