नेपालका बाँदरको परिवार नियोजन गरेर नियन्त्रण गर्नुपर्छ : आरजु राणा

No ads found for this position
No ads found for this position

काठमाडौं- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गरेर नियन्त्रण गरिनुपर्ने बताएकी छिन्।

उनले बाँदर र बँदेल संरक्षण गर्नुपर्नेमा आफू रहेको तर मानिसले नै खान नपाउने गरी संरक्षण गर्नु फाइदाजनक नहुने बताइन्।

उनले भनिन्,‘बँदेल त मानिसले खान्छन्, बाँदर खाँदैनन्। बाँदरलाई परिवार नियोजन गरे हुने रहेछ। भारतको हिमाञ्चल प्रदेशमा बाँदरलाई परिवार नियोजन गरेको रहेछबँदे। बँदेल र बाँदर नियन्त्रणका लागि नीतिगत व्यवस्था नै गर्नुपर्छ।’

बँदेल र बाँदर नियन्त्रण गर्न नसक्दा किसानहरूले बाली भित्र्याउन नपाएको उनको भनाइ थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय