बाबुरामको आक्रोश- सयवटा मुसा खाएर माओवादी भ्रम छर्न हिँड्दै छ

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार र अनियमततामा अनगिन्ती कीर्तिमान खडा गरेर राजनीतक दलहरू फेरि जनतामाझ भ्रम छर्न हिँडेको टिपपणी गरेका छन्।

माओवादी केन्द्रले ‘जनतासँग माओवादी अभियान’ शुरु गरेको भोलिपल्ट आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा उनले राजनीतिक आदर्श र मूल्यमान्यताबाट च्यूत भएकाहरू गोहीको आँसु बगाएर पुनः जनतामा भ्रम छर्न लागिपरेको बताएका छन्।

उनको ट्वीटरमा भनेका छन् , ‘सयवटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिंडेथ्यो रे! केही पुराना दल र नेता राज्यसत्ताको चरम दोहन/भागबण्डा, कमिसनखोरी, शक्तिकेन्द्रहरूको दलाली, आसेपासेहरूको घिनलाग्दो जालो निर्माण, विचार-आदर्श-मूल्यमान्यता-नैतिकताबाट पूरै स्खलन, तडकभडक र विलासिता लगायतका दुष्कर्मका अनगिन्ति कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु र फोस्रा गफ सहित जनतामा भ्रम छर्न हिड्नु उस्तै उस्तै भएन र ?’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *