एमालेको कुनै अर्थ छैन, हावा खाएर जान्छः माधवकुमार नेपाल

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपालले नेकपा (एस) लाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर भइरहेको र हावा खाईरहेको जिकिर गरे ।

पार्टीको चाँगुनारायण नगर कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको दाबी गरे ।

नेपालले भने, ‘कसैकसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन् । समाप्त पार्ने होइन ती व्यक्तिहरु जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर । उनीहरु आफैँ सोत्तर भइरहेका छन् । हावा खाइरहेका छन् । तपाईंहरु देखिरहनुभएको छ, सिंगै देशमा हाम्रो पार्टी आफ्नै गतिविधिका साथ अगाडि बढिरहेको छ ।’

उनले नेकपा एस अहिले संगठन निर्माणको अभियानमा जुटेको बताए । उनले भने, ‘अरुलाई पनि साथी र सहयोगी बनाउँदै, हातेमालो गर्दै समाजवादी मोर्चा बनाउँदै सारा देशमा समाजवादको झण्डा बुलन्द गर्दै अगाडि बढिरहेको छ । अरुले कल्पना नगरेका कुराहरु, परिकल्पना नगरेका कुराहरु, पार लाग्दैन भन्नेहरु, ती सबैका कुरालाई चुनौति दिँदै असम्भव ठानिएका कामलाई सम्भव तुल्याएका छौं ।’

नेपालले पार्टीलाई जनताको बीचमा लैजाने गरी गतिविधिहरुलाई अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *