एमसीसी र बीआरआईबाट नेपालले लाभ लिनुपर्छ : सभामुख घिमिरे

No ads found for this position
No ads found for this position

काठमाडौं- सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) बाट देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताए।

सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने उनको भनाइ थियो।

उनले एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेकोमा बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनतको हितमा प्रयोग गर्न आग्रह गरे।

भौगोलिक विकटताका बाबजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने भनाइ उनले राखे।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *