ओलीको कारण कार्यकर्तामा निराशा बढेको छ, एमाले धाँजा पर्नेछ : प्रधानमन्त्री

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले विभाजन हुनसक्ने बताएका छन् ।

बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले एमालेमा ठूलो धाँजा परेको बताए ।

प्रचण्डले एमालेलाई इकित गर्दै भने, ‘म अहिले नाम लिएर भन्न चाहन्न, तर आफूलाई ठूलो पार्टी भन्ने प्रतिपक्षी पार्टीभित्र यति ठूलो धाँजा परेको छ, नेताहरुको विशाल पंक्ति र कार्यकर्ताहरु हैरानमा परेर परेसान भएका छन्। कहीँ न कहीँ यो विस्फोट हुने अवस्थामा छ । यसबाट कहीँ कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरण सुरू हुन्छ ।’

नेकपा एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै कसैले राम्रो काम गरेको देख्नै नसक्ने प्रवृत्ति भएको आरोप प्रचण्ले लगाए । उनले ओलीकै कारण एमाले कार्यकर्तामा निराशा बढेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *