नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएकोमा बालेन साहले रद्द गरे ५ दिने चीन भ्रमण

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो ५ दिने चीन भ्रमण रद्ध गरेको घोसणा गरेका छन् ।

चीनले भर्खरैमात्र सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् । साहले फेसबुकमार्फत यस्तो जानकारी दिएका हन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन्-

-हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ।

-केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।

-नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।

-त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *