ग्याबोनमा सैन्य कु, निर्वाचित राष्ट्रपति अलि नजरबन्दमा

छोरा राष्ट्रद्रोहको अभियोगमा पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- अफ्रिकन देश ग्याबोनमा सेनाले कु गरेको छ ।

ग्याबोनिज रिपब्लिकन गार्डका कमाण्डर इन चिफ ब्रिस ओलिगुई न्गुइमाले बुधबार राति एउटा बिद्रोहपछि मध्य अफ्रिकी देशको संक्रमणकालीन नेताको रुपमा नाम दिइएको थियो ।

राष्ट्रिय निर्वाचन आयोगले मंगलबार राष्ट्रपति अलि बोंगोले तेस्रो काईकाल जितेको घोषणा गरेको थियो । तर सेनाले राज्य टेलिभिजनमा चुनावी नतिजा रद्ध भएको र बोंगोलाई घरमै नजरबन्द गरेको घोषणा गरेको थियो ।

ग्याबोनी सेनाका नेताहरुले सर्वसम्मत भोटबाट न्गुमालाई संस्थाको संक्रमण र पुनःस्थापना समिति (सिटीआरआई) को अध्यक्ष नियुक्ति गर्न सहमत भएको समितिका प्रवक्ता उलरिच मनफोउम्बी मनफोम्बीले बताए ।

राष्ट्रपति बोन्गोलाई परिवारका सदस्य र चिकित्सकहरूसँगै राखिएको बताइएको छ। उनको एउटा छोरा राष्ट्रद्रोहको अभियोगमा पक्राउ परेका छन् ।

सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थाहरूलाई विघटन गरेको घोषणा गरेको छ। ‘कु’ को समर्थन गर्दै हजारौं मानिस सडकमा निस्केका छन् ।

अली सन् २००९ मा राष्ट्रपति भएका थिए। त्यसयता उनि निरन्तर सत्तामा थिए। उनले सन् १९६७ देखि राष्ट्रपति रहेका आफ्ना पिता ओमारबाट सत्ता प्राप्त गरेका थिए। बोन्गोको परिवार ग्याबोनमा ५३ वर्षदेखि सत्तामा थियो।

पछिल्लो समय देशमा संस्थागत, राजनीतिक, आर्थिक तथा सामाजिक संकट देखापरेकाले ‘कु’ गर्नुपरेको सेनाले दाबी गरेको छ।

-सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *