एमाले शीर्ष नेताहरु चढेको बुद्ध एयरमा समस्या, काठमाडौं फर्कियो

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एमालेका शीर्ष नेताहरु चढेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ ।

आजबाट सिरहामा बस्न लागेको सचिवालय बैठकमा सहभागी हुन एमाले शीर्ष नेताहरु जनकपुर जाँदै थिए ।

विमानको अटो पाइलट सिस्टममा समस्या आएपछि उनीहरु बुद्ध एयर बाट जनकपुर अवतरण नगरी पुनः काठमाडौं नै फिर्ता आएका छन् ।

उक्त विमानमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाल, प्रदीप ज्ञवाली लगायतका नेताहरु सवार थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *