बालेनले भत्काएको महानगरलाई कसले बनाउने ? (फोटोफिचर)

No ads found for this position
No ads found for this position

काठमाडौं- महानगरपालिका भित्र भत्काइएका क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन् । महानगर भित्रका संरचनाहरु भत्काइएका छन् तर बनाइएका छैनन् । सार्वजनिक एवं सरकारी जग्गा मिचेर निजी स्वार्थका लागि संरचना बनाउनु गलत हो । त्यसैले पनि काठमाडौं महानगरपालिकाले त्यसरी निर्माण गरिएका संरचना भत्काइदिएको छ ।

यतिसम्म की खहरे खोला, नदी मिचेर समेत घर, भवनहरु निजी स्वार्थका लागि बनाइएको पाइएको छ । केही दिनअघि मात्रै खहरे खोला मिचेर बनाइएको कपन क्षेत्रका घरहरुमा महानगरले डोजर चलाएको थियो ।

त्यतिमात्रै होइन, हात्तिसारमा टुकुचा खोला मिचेर बनाइएका संरचना, सामाखुशीमा नदी उत्खनन, रत्नपार्कमा हडपेर राखिएका पसल लगायत मिचेर बनाइएका संरचना महानगरले भत्काउँदै आएको छ । तर यसको असर र यसबाट मानव स्वास्थ्यमा उत्पन्न हुने समस्याका बारेमा महानगर अनविज्ञ झैँ छ ।

भत्काइदिएको त छ तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना महानगरको देखिँदैन । महानगर क्षेत्रमा अव्यवस्थित र सार्वजनिक सम्पती हडपेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले डोजर लगाएका त छन् तर त्यसलाई व्यवस्थित बनाउने योजना उनीबाट अहिलेसम्म पनि आएको देखिँदैन ।

महानगरले संरचनाहरु भत्काएर मात्रै छोडेको छ, बनाउन कतै थालेको छैन । भत्काइएका संरचनामाथि झारपात उम्रिसकेका छ। सामाखुशी नदी उत्खननपछि खोला किनारका पसलहरुको अस्तव्यस्तता वा रत्नपार्कका पसलहरु हटाएर सार्वजनिक शौचालय निर्माणका लागि सम्याइएको जमिनको अवस्था भद्रगोल छ ।

कपनका खोला उत्खननपछिको अवस्था होस् वा अनामनगरस्थित सार्वजनिक जग्गामा बनेको भद्रकुमारी घले आश्रमको घर भत्काइएपछिको दुरावस्था उस्तै छ । कतैपनि भत्काइएपछि व्यवस्थित बनाइएको छैन ।

तस्बिरहरु- न्युज एजेन्सी नेपाल।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *