कांग्रेसको सहमतिमै समाजवादी मोर्चा गठन भएको हो : उपसभापति खड्का

No ads found for this position
No ads found for this position

काठमाडौं- कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसलाई सोधेरै समाजवादी मोर्चा गठन भएको बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा खड्काले भने, ‘पुस १० मा भत्किएको गठबन्धन पुनःस्थापना गर्ने बालुवाटारमा ४ दलको छलफलमा प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा बनाउने सहमति भएको छ भनेर जानकारी गराउनुभएको थियो ।’

खड्काले प्रधानमन्त्रीजीले एउटा अन्तर्वार्तामै कांग्रेसको सहमतिमा मोर्चा बनायौं भन्नुभएको छ । कांग्रेसले यसै रूपमा बुझ्नुपर्ने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *