हेलिकप्टर उडान सुरक्षित बनाउन तीन प्रकारका उडानलाई रोक

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- हेलिकप्टर उडान लाइ सुरक्षित बनाउन आगामी सेप्टेम्बरसम्म तीन प्रकारका हेलिकप्टर उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ।

गत मंगलबार मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परि सोलुखुम्बु गएका ५ विदेशी पर्यटकसहित ६ जनाले ज्यान गुमाएका थिए। उक्त हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले नयाँ नियम जारी गरेको हो।

नयाँ नियमअनुसार हेलिकप्टर उडानलाई सुरक्षित बनाउन आगामी अढाई महिनासम्म माउन्टेन, सिलिङ र गैरआवश्यक उडानमा रोक लगाइएको हो।

उडानलाई थप सुरक्षित बनाउन प्राधिकरणले गरेका ४ निर्णय यस्ता छन् :

१) हेलिकप्टर र छोटो उडान र अवतरणका लागि दैनिक नियन्त्रण र सुपरीवेक्षण टोली गठन।

२) साप्ताहिक समीक्षा गरी सेप्टेम्बरसम्म मनसुनमा एडीटी केन्द्रित उद्धार उडानलगायत हेलिकप्टर सञ्चालन अनुमति।

३) उडान सञ्चालन अनुमति दिँदा प्रस्थान वा अवतरणमध्ये कम्तिमा एक स्थान अनिवार्य विमानस्थल हुनुपर्ने।

४) कम्पनीमा शेयर भएको चालक दललाई सबै प्रकारका व्यवसायिक उडानको विशेषाधिकार खारेज।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्