सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभामा विश्वासको मत लिनु हुँदैछ । उनि मुख्यमन्त्रीमा नियुक्त भएको एक हप्ता भएको छ।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले साउन २८ गते पदबाट राजनीनामा दिएपछि साउन २९ गते भट्ट संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ ।
मुख्यमन्त्री भट्टले विश्वासको मत लिनका लागि दिनको १ बजे प्रदेश सभाको बैठक बस्दै छ । यस प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वमा नयाँ सरकार बनेको छ ।
नेकपा (एमाले)को सहकार्यमा नेकपाले सरकार बनाएको हो । दुवै दलको मिलाएर सरकार चलाउनका लागि बहुमत पुग्ने गरेको छ । नेकपाको २१ (सभामुखसहित), एमालेको ११ जना (उपसभामुखसहित) गरी जम्मा ३२ जना प्रदेश सभा सदस्य रहेका छन् । सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार चलाउन २७ जना प्रदेश सभाको समर्थन आवश्यक पर्ने गरेको छ ।
