सुनसरी घटनामा गोली लागेका अर्का एक युवकको उपचारका क्रममा मृत्यु
No ads found for this position
No ads found for this position
काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको छ । साउन १० गते भएको गोलीकाण्डमा गम्भीर घाइते भएका मेहताको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ।
गोली लागेपछि गम्भीर घाइते भएका मेहताको प्रारम्भिक उपचार विराटनगरमा गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)रेफर गरिएको थियो।
उपचारकै क्रममा उनको आज बिहान साढे १० बजे उनको मृत घोषणा चिकित्सकले गरेका थिए । योसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
प्रतिक्रिया
