२० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै अर्थमन्त्री

No ads found for this position
No ads found for this position

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्दै छन् ।

मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा छलफल गर्ने लागेका हुन् ।

बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सिइओहरुलाई छलफलमा बोलाएका हुन् ।

छलफलमा नेपाल राष्ट्र बैकले (क) श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुने छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *