विराटनगर विमानस्थलबाट जुत्ताभित्र लुकाएर काठमाडौं पठाइँदै गरेको ब्राउन सुगर बरामद

No ads found for this position
No ads found for this position

विराटनगर विमानस्थलबाट काठमाडौं पठाइँदै गरेको जुत्ताभित्र ब्राउन सुगर

विराटनगर । विराटनगर विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा काठमाडौं पठाउन लागिएको स्पोट्र्स जुत्ताभित्र लुकाइएको ब्राउन सुगर बरामद भएको छ । घटनामा संलग्न आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराती विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्स्पो एक्सप्रेस कुरियरमार्फत काठमाडौं पठाउन लागिएको कार्गो सामान विमानस्थलको प्रस्थान केन्द्रमा एक्स–रे मेसिनबाट जाँच गर्दा शंकास्पद वस्तु देखिएको थियो ।

त्यसपछि जुत्ता खोलेर जाँच गर्दा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा १८ दशमलव ४८ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त कार्गो विराटनगर–५ निवासी राघव झाको नामबाट काठमाडौं पठाउन लागिएको थियो । सामान कुरियर गर्न आएका विराटनगर महानगरपालिका–५ का २४ वर्षीय सुशान्त खड्कालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *