‘कागेश्वरी नाच आइडल-सिजन ३’ साउन ९ गतेदेखि हुने

No ads found for this position
No ads found for this position

काठमाडौं। बालबालिका तथा युवामा रहेको नृत्य प्रतिभालाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यसहित ‘कागेश्वरी नाच आइडल–सिजन ३’ साउन ९, १०, १६ र १७ गतेदेखि काठमाडौंका विभिन्न ठाउँमा आयोजना हुने भएको छ।

प्रतियोगिता सनराइज डान्स स्टुडियो (थली), अरुण डान्स एकेडेमी (गौथटार) र एम.आर. डान्स स्टुडियो (जडीबुटी) को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको हो।

आयोजक संस्थाका प्रमुखहरूमा सनराइज डान्स स्टुडियोका तारजन राई, अरुण डान्स एकेडेमीका आशिष राई तथा एम.आर. डान्स स्टुडियोका रोहित बस्नेत रहेका छन्।

आयोजकका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न महानगरपालिका, नगरपालिका र जिल्लाका प्रतिभाशाली नृत्यकर्मीलाई एउटै मञ्चमा ल्याई उनीहरूको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ । अडिसन राउन्ड काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सञ्चालन गरिनेछ।

प्रतियोगिताको अडिसन सकिएपछि यस पछिका प्रतियोगिताहरुको मिति तय हुने आयोजकले जानकारी गराउने छ ।

प्रतियोगितामा ‘मम्स डिभिजन’ तथा ७ देखि १४ वर्ष उमेर समूहका विद्यार्थी (स्टुडेन्ट डिभिजन) ले सहभागिता जनाउन सक्नेछन्। आयोजकका अनुसार डिजिटल प्लेटफर्ममार्फत पनि अडिसन दिने व्यवस्था मिलाइएको छ।

कार्यक्रमको ग्राण्ड फाइनल असोज ४ गते राष्ट्रिय नाचघरमा हुने भएको छ । सेमि फाइनल र फाइनल NNTV बाट प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ ।

आयोजकले प्रतियोगिताका विजेताहरूलाई आकर्षक नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र तथा अन्य विशेष उपहार प्रदान गरिने जनाएको छ।

स्टुडेन्ट डिभिजन पुरस्कार

विजेता: नगद रु. १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र तथा एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर।

प्रथम उपविजेता: नगद रु. ३० हजार, मेडल, ट्रफी र प्रमाणपत्र।

द्वितीय उपविजेता: नगद रु. २० हजार, मेडल, ट्रफी र प्रमाणपत्र।

टप–१०: विशेष पुरस्कार, ट्रफी तथा प्रमाणपत्र ।

मम्स डिभिजन पुरस्कार

विजेता: नगद रु. ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र तथा एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर।

प्रथम उपविजेता: नगद रु. ३० हजार, मेडल, ट्रफी र प्रमाणपत्र।

द्वितीय उपविजेता: नगद रु. २० हजार, मेडल, ट्रफी र प्रमाणपत्र।

टप–१०: विशेष पुरस्कार, ट्रफी तथा प्रमाणपत्र ।

प्रतियोगिताको मिडिया पार्टनरका रूपमा NNTV तथा विभिन्न अनलाइन सञ्चारमाध्यम रहने जनाइएको छ।

आयोजकले यस प्रतियोगितामार्फत नयाँ नृत्य प्रतिभाको खोजी, प्रोत्साहन र राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्य लिएको जनाएको छ। साथै, देशभरबाट प्रत्यक्ष तथा डिजिटल माध्यमबाट समेत सहभागिता सुनिश्चित गरी प्रतियोगितालाई अझ व्यापक बनाइने आयोजकको विश्वास छ। अडिसन 9865553667,9849530288, 9847371755 नम्बरको WhatsApp र viber बाट दिन सकिने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *