आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

No ads found for this position
No ads found for this position

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

वीर अस्पताल स्रोतका अनुसार भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११:२० बजे मृत्यु भएको हो। शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो ।

आत्मदाह प्रयासपछि गम्भीर अवस्थामा रहेका नेपालीको अनुहार, टाउको, घाँटी र छातीमा गहिरो जलन भएको थियो। चिकित्सकका अनुसार शरीरका भित्री अंगसमेत प्रभावित भएकाले उनको अवस्था अत्यन्त जटिल बनेको थियो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *