गगन थापालाई पत्र लेख्दै धनकुटाका १९ नेताले छाडे कांग्रेस

No ads found for this position
No ads found for this position

काठमाडौं। धनकुटामा कांग्रेसका १९ जना नेता कार्यकर्ताले सभापति गगन थापालाई पत्र लेख्दै सामूहिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पार्टी छाड्नेमा महाधिवेशन प्रतिनिधि तथा संविधानसभा सदस्य अञ्जना ताम्ली, कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई सहित १९ जना छन् ।

पार्टी भित्र वैचारिक मतभेद रहेको र काम गर्ने वातावरण नभएको उनीहरूले जनाएका छन् ।

पार्टी परित्याग गरेका नेताहरू हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा जानसक्ने चर्चा छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *