गर्मीका कारण नेपालगन्जका विद्यालय पुनः तीन दिन बन्द
No ads found for this position
No ads found for this position
नेपालगन्ज । गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू पुनः तीन दिनका लागि बन्द गरिएको छ।
पानी नपरी अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको हो। असार १० गते बुधबारदेखि १२ गते शुक्रबारसम्म तीन दिन विद्यालय बन्द रहने शिक्षा महाशाखाले जनाएको छ।
यसअघि पनि अत्यधिक गर्मीका कारण नेपालगन्ज उपमहानगरपालिकाले जेठ २६ देखि २९ गतेसम्म चार दिन विद्यालयमा बिदा दिएको थियो।
अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिमलाई मध्यनजर गर्दै विद्यालयको पठनपाठन बन्द गरिएको हो ।
प्रतिक्रिया


