शनिबार ९८ स्थानमा ४ घण्टा बिजुली जाने
काठमाडौं । जेठ २३ गते शनिबारको दिन काठमाडौं र ललितपुरका ९८ स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक केन्द्रबाट वितरण हुँदै आएका ९८ ठाउँमा शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरणले प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजनाबाट १३२ के.भी. स्युचाटार सवस्टेसनमा रहेको बसलाई सटडाउनमा राखी उक्त सबस्टेसनको मर्मतसम्भार तथा स्तरोन्नति गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको छ ।
शनिबार विद्युत् आपूर्ति अवरुद्ध हुने स्थानहरु
कुलेश्वर वितरण केन्द्र अन्तरगत सबस्टेशन गेट, खड्का गाउँ, पुरानो नैकाप, सिर्जना चोक, इन्द्रथान, गुर्जुधारा, हाई भिजन कोलोनी, बाफल, इचङ्गुनारायण मन्दिर, पाँचधारा मोड, स्वयम्भु, सानो भर्याङ्ग, भगवानपाउ, गौतम गाउँ, हसनटार, गोदामथोक, सिताराम स्कुल, फस्कु, जयन्ती गाउँ, रामकोट, भिमढुङ्गा, छत्रे देउराली, कलंकी, रविभवन, लाम्पाटी, गाईबाच्छा पाटी, बलम्बु, ढुङ्गेअड्डा, नैकाप, सतुङ्गल, बोसीगाउँ, प्राधिकरण मार्ग, सुनारगाउँ, रविभवन, सोल्टीमोड, छाउनी, टेलिकम, आर्मी हस्पिटल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, च:मती, भगवानपाउ, कलंकी, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर आवास क्षेत्र, साल्ट ट्रेडिङ्, सीता पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पस लगायतका स्थानहरु ।
यस्तै कीर्तिपुर वितरण केन्द्र अन्तरगत मैत्रीनगर, ट्याङ्ग्ला फाँट, कीर्तिपुर, सल्यानस्थान, बल्खु, चोभार, भाजङ्गल, आदिनाथ, भूतखेल, टौदह, त्रि.वि. परिसर लगायतका स्थानहरु ।
रत्नपार्क वितरण केन्द्र अन्तरगत न्यूरोड, धरहरा, रंगशाला, सुन्धारा, खिचापोखरी, हनुमानढोका, बसन्तपुर, थापाथली, माइतीघर, विष्णुमती खोला, सोह्रखुट्टे, टेकु, स्वास्थ्य सेवा विभाग, त्रिपुरेश्वर, कालिमाटी, क्षेत्रपाटी, असन, इन्द्रचोक, भिमसेनस्थान, लगन चोक लगायतका स्थानहरु ।
यस्तै पुल्चोक वितरण केन्द्र अन्तरगत बल्खु हेल्थ पोष्ट, सानेपा, झम्सीखेल, पुल्चोक, हरिहर भवन, नख्खु चोक, बागडोल, धोबिधारा, धोबिघाट, नयाँबाटो, भैंसेपाटी, सिद्धीविनायक टोल, मञ्जुश्री, कुपण्डोल लगायतका स्थानहरुमा विद्युत् आपूर्ति अवरुद्ध हुने छ ।


