‘राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे’ भन्दै सडकमा निस्कियो एमाले

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिलाई लिएर नेकपा एमालेले विरोध प्रदर्शन गरेको छ ।

सार्वभौम सदनबाट राष्ट्रविरोधी अभिव्यक्ति दिएको भन्दै एमाले काठमाडौं जिल्ला कमिटीको आव्हानमा माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा ‘राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे’, ‘राष्ट्रघाती अभिव्यक्ति फिर्ता लेऊ’ जस्ता नारा लगाइएको छ ।

यसअघि एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीले हिजो सदनमा दिएको राष्ट्रहित विपरीतको भनाइप्रति तत्काल संसद् र आम नेपाली जनतासँग माफी माग्नुपर्ने बताएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *