नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट

No ads found for this position
No ads found for this position

काठमाडौं । सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ ।

यस्तै नागरिक एपमा सबै सरकारी सेवा समावेश गर्ने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नेपाललाई एआईमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेको जानकारी दिए ।

यसैगरी अब तीन महिनाको लागि इन्धन भण्डारण गर्नको लागि मातृभूमि कोष स्थापना हुने भएको छ । एआई फ्याट्री पनि बन्ने भएको छ । यसले इन्धन अभावमा केही राहत दिनेछ ।

यसैगरी विभिन्न शीर्षकमा छरिएर रहेका पूर्वाधार विकास कर र सडक मर्मत दस्तुर जस्ता करहरूलाई सरकारले एकीकृत गर्ने भएको छ । अब हरित करका रूपमा सरकारले राजश्व संकलन गर्ने नीति लिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *