सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

No ads found for this position
No ads found for this position

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ ।

बुधबार सुनको मूल्य २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि २१५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २१५ रुपैयाँको घटेर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *